Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


‘गुणस्तरीय प्रसूति सेवा गाउँ–गाउँमा बिस्तार गर्नुपर्ने’


0
Shares

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ५८औं वार्षिकोत्सवको अवसरमा सोमबार (आज) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षित र गुण्स्तरीय प्रसूति सेवालाई गाउँ–गाउँमा पनि बिस्तार गर्नुपर्ने बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले कतिपय अञ्चलहरुमा समेत प्रसूति सेवा नरहेकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताइन् ।

आवश्यकता अनुसारको बजेट मातृशिशु कल्याण क्षेत्रले प्राप्त गरेको छ की छैन भन्ने विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले बिरामीको आधा रोग राम्रो बोली र व्यवहारबाटै निको हुने बताउँदै मुस्कानसहितको प्रेमपूर्ण स्वास्थ्य सेवा दिन चिकित्सकहरुलाई सुझाव दिइन् ।