१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


जिसस इलाममा एमालेको प्यानलै विजयी


0
Shares

सोअनुसार जिसस प्रमुखमा एमालेका गणेशप्रसाद बरालले नेपाली कांग्रेसका केशव खत्रीलाई पराजित गरेका छन् ।

उपप्रमुखमा एमालेकै चित्रकला बराइली कांग्रेसकी वसन्ती घतानीलाई पराजित गरी विजयी भएकी छन् ।

एमालेका सबै उम्मेदवारले १६/१६ र कांग्रेसका उम्मेदवारले चार/चार मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए ।

जिसस सदस्यमा पूर्णबहादुर बस्नेत, चन्द्रबहादुर मगर, निरूमाया राई, उमाकान्त विश्वकर्मा, रत्नबहादुर अधिकारी, ज्याजिमा तामाङ र हिमकला बस्नेत निर्वाचित भएका छन् । रासस