
सञ्जय कार्की (इमेज)
रौतहट, माघ ८ । चोरीका सवारी–साधन प्रयोग गर्दै रौतहटको वनबाट सालका गोलिया काठ तस्करी हुने गरेको खुलासा भएको छ ।
पछिल्लो एक महिनायतामात्रै डिभिजन वन कार्यालय रौतहटले बरामद गरेका पाँचओटा जिपको लगत नभेटिएपछि चोरीका सवारी–साधन भएको खुलासा भएको हो ।
तस्करहरुले भारतीय सवारी–साधन भित्र्याएर सालको गोलिया काठ तस्करीमा प्रयोग गर्ने गरेको पाइएको छ । चोरीका सवारी–साधनमा स्टिकरमा नक्कली नम्बर लेखेर टाँस गर्ने गरेको भेटिएको छ ।
डिभिजन वन कार्यालय रौतहटले सोमबार राति सबडिभिजन वन कार्यालय जुडिबेलाबाट सातथान गोलिया काठसहितको बोलेरो जिप बरामद गरेको छ ।
हातहतियारसहित वन प्रवेश गरेका तस्कर भने अर्को एक जिपमा भएकाले भाग्न सफल भएको सहायक वन अधिकृत महेन्द्र जैयसवालले बताए ।
प्रतिक्रिया दिनुहोस्