Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक, आइसीयुमा जान मानेनन


0
Shares

आइसीयुमा उपचार गराउन चिकित्सकहरुले सुझाव दिए पनि केसीले नमान्दा ज्यान नै जोखिममा परेको हो ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि आमरण अनसन बसेका डा.केसीको छातीको दुखाइ बढेपछि आईसीयुमा लैजाने तयारी चिकित्सकहरुले गरेका थिए ।

उनलाई स्वास प्रश्वासमा समेत समस्या हुन थालेको, शरीरमा चिनीको मात्रा, इलेक्ट्रोलाइट र रगतमा सेतो रक्त कोषको संख्यासमेत सामान्य स्तरभन्दा निकै तल झरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

डा.केसीले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनमा बसेको यो ११ पटक हो ।

यसअघि १० पटक गरी १ सय ४० दिन अनसन बसिसकेका डा.केसीको ११ औं अनसन अहिलेसम्मकै लामो भएको छ । उनको १० औं अनसन २२ औं दिनमा तोडिएको थियो ।