अन्य दलका प्रतिस्पर्धी नै नभएपछि एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो ।
धनकुटाका सातओटै स्थानीय तहमा प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो ।
समन्वय समितिको प्रमुखमा टंकबहादुर चौहान र उपप्रमुखमा बंगलादेवी राई चुनिएका जनाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले मंगलबार एक कार्यक्रमको आयोजना गरी जिसस प्रमुख, उपप्रमुखसहितका निर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण तथा प्रमाणपत्र वितरण गरेको छ ।
निर्वाचित पदाधिकारीहरुलाई मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले शपथग्रहण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्