Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


‘जुनसुकै बेला डा. गोविन्द केसीको ज्यान जोखिममा पर्नसक्छ’ (भिडियो)


0
Shares

केसीको रेखदेखमा संलग्न चिकित्सकहरुले जुनसुकै बेला जटिल अवस्था आउनसक्ने पनि बताएका छन् ।

डा. गोविन्द केसीको हेरविचारमा संलग्न चिकित्सक तथा विद्यार्थीहरु चिन्तित बन्दै गएका छन् ।

अनशनको २३औं दिन पुग्दा डा. केसीको मुटुको चाल अनियन्त्रित बनेको छ भने उनी बोल्नसक्ने अवस्थामा पनि छैनन् ।

डा. केसीले आइसीयुमा जान पनि अस्वीकार गरेपछि शुभचिन्तकहरुसँग जीवनरक्षाका लागि ईश्वरको प्रार्थना गर्नुबाहेक विकल्प छैन ।

चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै ११औंपटकको आमरण अनशनमा बसेका डा. केसीको यो सबैभन्दा लामो अनशन हो ।

हेरचाहमा संलग्न डा. सचित शर्माले जुनसुकै बेला केसीको ज्यान जोखिममा पर्नसक्ने चेतावनी दिएका छन् ।

डा. केसीले माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन बन्नुपर्ने मागलाई सहमतिको ‘बटमलाइन’ बनाएका छन् ।

भिडियो हेर्नुहोस्