त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरभित्र बन्न लागेको कभर्डहलको शिलान्यास गरिएको हो ।
विश्वविद्यालय परिसरभित्रै रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पश्चिममा रहेको खाली ठाउँमा कभर्डहल बनाइनेछ ।
करिब ८२ करोड रुपैयाँ लागत अनुमान गरिएको कभर्डहल निर्माणका लागि टीयुले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई ७४ रोपनी ५ आना जग्गा उपलब्ध गराएको छ ।
कुल जग्गामध्ये २४ रोपनी पार्किङका लागिमात्र छुट्टयाइएको छ । त्यसमा २३५ गाडी र ३८७ मोटरसाइकल राख्न सकिन्छ । कभर्डहल ५ हजार दर्शक अटाउने क्षमताको हुनेछ ।
कभर्डहलमा अन्तर्राष्ट्रियस्तरको जिम्नेजियम हल, प्रशासनिक भवन, खेलकुद शिक्षा विभाग, पुनर्ताजगी कक्ष, म्याच अफिसियल कक्ष, खेलाडीको चेन्जिङ कक्ष, मिडिया कक्ष, इन्डोर प्राक्टिस कक्षलगायत रहने जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्