Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


साफ यु–१५ च्याम्पियनसिपको तयारी पूरा, भदौ २ देखि भिडन्त, ६ टिम सहभागी


0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)ले तयारी पूरा भएको जनाउँदै खेल अफिसियलहरु आइसकेको र टिमहरु बुधबार आउने जनाएको छ ।

नेपालसहित ६ टिमले सहभागिता जनाउने सो प्रतियोगिता भदौ २ गतेदेखि सुरु हुँदैछ ।

समूह ‘ए’मा बंगलादेश, भुटान र श्रीलंका रहेका छन् भने समूह ‘बी’मा नेपालसहित भारत र माल्दिभ्स छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।

टिकटका लागि इ–सेवाबाट बिक्री सुरु भइसकेको पनि एन्फाले जनाएको छ ।

१६ वर्षमुनिको साफ च्याम्पियनसिपलाई १५ वर्षमुनिको च्याम्पियनसिपले विस्थापित गरेको हो । एएफसी १६ वर्षमुनिको छनोटका लागि साफले नयाँ शैलीको प्रतियोगिता ल्याएको हो ।