
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले मुख्यसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कार्यदलमा शिक्षा, अर्थ, कानुन, स्वास्थ्य तथा सार्वजनिक खरिद विभागका सचिवहरु सदस्य रहनेछन् ।
कार्यदलले सन्चालनका लागि आशयपत्र पाइसकेका मेडिकल कलेजहरु खरिदका लागि नीतिगत, कानुनी र प्रक्रियागत विषयमा सरकारलाई सुझाव दिनेछ ।
यस्तै, मन्त्रिपरिषद बैठकले बाढीपीडित क्षेत्रमा स्वास्थ्य शिविरहरु सन्चालन गर्ने निर्णयसमेत गरेको छ भने बाढीपीडितहरुलाई जस्तापाता किन्न प्रतिपरिवार १५ हजार रुपैयाँ दिने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्