धनकुटा । धनकुटाको धनकुटा नगरपालिकाले सुख्खा क्षेत्रमा ड्रागन फलको खेती अभियान सुरु गरेको छ ।
व्यावसायिक कृषिका लागि एभोकाडोको राजधानी घोषणाा गरेको नगरपालिकाले सुख्खा क्षेत्रका लागि ड्रागन फलको खेती सुरु गरेको हो ।
मेयर कृषि पर्यटन कार्यक्रमअन्तर्ग ड्रागन फलको पकेट क्षेत्र घोषणा गरेर अति सुख्खाग्रस्त क्षेत्र र आर्थिक रुपमा बिपन्न रहेको वडा नं. ८ मा खेती सुरु गरिएको हो ।
सो क्षेत्रलाई ड्रागन फलको स्रोत केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको मेयर चिन्तन तामाङले जानकारी दिए ।
हाल गाउँका १ सय ४२ किसानले १ हजार ५ सय ५५ बिरुवा रोपेर खेती सुरु गरेका छन् । दुई बर्षभित्रमा ५० हजार बोट लगाइने नगरपालिकाको तयारी छ ।









प्रतिक्रिया दिनुहोस्