२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


बाढी प्रभावित बसेको शिविरमा रोगको संक्रमण, चौपाया समेत विरामी(भिडियो)


0
Shares

भजनी नगरपालिकाको वडा नम्बर ३, ५ र ८ का बस्तीमा शुक्रबार राती बाढी पस्दा विस्थापित भएकाहरुको शिविरमा रोगको संक्रमण फैलिन थालेको हो । विस्थापितहरु अहिले हुलाकी राजमार्गमा पाल टाँगेर बसिरहेका छन् ।

कैलालीको पूर्वी दक्षिणी भेगमा रहेका बाढी प्रभावित बस्तीमा रोगको प्रकोप फैलिन थालेको छ । उचित खानपान, दुषित पानी र खुला शौचालयका कारण उनिहरुमा विभिन्न खाले रोगको प्रकोप देखिन थालेको हो ।

विस्थापित वस्तिमा उपचारमा संलग्न भजनी प्राथमिक केन्द्रका सिनियर अहेब कृतिसिंह बिकले बस्तीमा रहेका विभिन्न उमेर समुहका मानिसहरुमा टाउको दुख्ने, पेट दुख्ने लगायत टाइफाईड र ज्वरोको प्रकोप देखिएको बताए ।

दुषित पानी र खुला शौचालयका कारण रोगले महामारी लिन सक्ने भन्दै राज्यले छिटो भन्दा छिटो विस्थापितहरुको उचित व्यववस्थापनमा ध्यान दिन जरुरी रहेको अहेब कृतिसिंह बिक बताउछन् ।

मानिस मात्रै होईन त्यहाँ रहेका पशुचौपाया समेत प्रभावित भएका छन् । चारैतिर पानी जमेको उक्त स्थानमा पशुचौपायाहरुलाई सडकको किनारमा विस्थापित संगै राखिएको छ ।

पानीका कारण घासपात समेत नपाएका चौपायाहरु समेत विरामी पर्न थालेका छन् ।

हुलाकी सडक ठाउँठाउँमा बगाउँदा आवागमनमा समेत अवरोध श्रृजना भएको छ । शुक्रबार रातिदेखि पालमुनी सडक किनारमा बसिरहेका स्थानीयले राज्यले थोरै भएपनि राहत उपलब्ध गराउन माग गरेका छन् ।

उनीहरुले राज्यले बाढीको समस्याको दिर्घकालिन समाधानतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी एवं दैविप्रकोप उद्दार समितिका संयोजक मोहनराज जोशीले बाढी विस्थापितहरुलाई एकद्वारा प्रणाली मार्फत राहत वितरण गरिएको बताए ।

विभिन्न संघसंस्थाले उपलब्ध गराएको राहत सामाग्रीलाई स्थानीय जनप्रतिनिधि, रेडक्रस र सुरक्षाकर्मीको रोहबरमा वितरण गर्ने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी बताउँछन् ।

बाढीका कारण कैलालीमा अहिलेसम्म २ हजार ५ सय परिवार विस्थापित भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

“>