२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


तान्जिनियाको पानी जहाजमा आगलागी, ११ जनाको मृत्यु, १४ को उद्धार


0
Shares

काठमाडौं । तान्जिनियाको झन्डा रहेका दुई वटा मालवाहक पानी जहाजमा ब्ल्याक सी मा आगलागी हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

रुस नियन्त्रित क्राइमियाको केर्च स्ट्रेट नजिकै पुगेका बेला पानी जहाजमा आगलागी भएको अधिकारीहरुले बताएका छन् ।

पानी जहाजमा आगलागीपछि समुद्रमा हाम फालेका १४ जनालाई रुसी उद्धारकर्मीले उद्दार गरेका छन् ।

ग्यासको ट्यांकर बोकेको एउटा पानी जहाजमा आगो लागेपछि विस्फोट भएको थियो ।

सोही विस्फोटका कारण अर्को पानी जहाजमा पनि आगो लागेको बताइएको छ । दुई पानी जहाजमा १७ जना चालक दलका सदस्य थिए ।

उनीहरु टर्की र भारतका हुन् । यस्तै अन्य १४ जनासमेत पानी जहाजमा रहेको बताइएको छ ।(एजेन्सी)