Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


अब उद्योगप्रभावित क्षेत्रका बासिन्दालाई पनि प्राथमिक सेयरमा आस्वा प्रणाली लागू


0
Shares

काठमाडौं, माघ ७ । अब उद्योगप्रभावित क्षेत्रका बासिन्दालाई पनि प्राथमिक सेयरमा आस्वा प्रणाली लागू गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले अब उद्योगप्रभावित क्षेत्रका बासिन्दालाई पनि प्राथमिक सेयरमा आस्वा प्रणालीबाट आवेदन दिन पाउने व्यवस्था लागू गरेको हो ।

बोर्डले सोमबार विज्ञप्ति जारी गरी आगामी फागुन १ गतेदेखि लागू हुनेगरी आस्वामार्फते सेयर आवेदन दिन पाउने व्यवस्थाका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको हो ।

उद्योग वा आयोजनाप्रभावित क्षेत्रका स्थानीय वासिन्दाले लकइन पिरियडसम्म आस्वा प्रणालीमार्फत् सार्वजनिक निष्कासनमा आवेदन दिने प्रयोजनार्थ खोलेको डिम्याट खाताको र्वािर्षक नवीकरण शुल्क प्रोत्साहनस्वरुप मिनाह गरेको पनि जनाएको छ ।

देशका सातओटै प्रदेशका सतहत्तरै जिल्लाका करिव सबै स्थानीय निकायबाट बैंक तथा वित्तीय संस्थाहरुले करिब २६७३ शाखामार्फत् यस्तो सेवा दिइरहेका छन् ।

यस व्यवस्थाबाट धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रिया थप लगानीमैत्री हुनुका साथै बोर्डको एक नेपाली एक डिम्याट खाता अभियानमा व्यापकता आइ बजार विस्तार हुने बोर्डको अपेक्षा रहेको छ ।