काठमाडौं, माघ ७ । निरन्तर ‘वियरिष ट्रेन्डिङ’मा रहेको सेयरबजारमा सोमबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो ।
सेयरबजार परिसूचक नेप्से १० अंकले ओरालो लागेर ११ सय ६८ अंकमा आइ थामियो ।
यसदिन वित्त समूह सामान्य अंकले सकारात्मक रहेबाहेक सबै समूह ओरालो लागे ।
यसदिन जीवनबिमा समूहमा सबैभन्दा उच्च ६२ अंकको गिरावट आयो । त्यस्तै, होटल, जलविद्युत्, निर्जीवन बिमा, लघुवित्त, अन्य समूहमा पनि दोहोरो अंकको गिरावट आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीका १२ लाख ६५ हजार कित्ता सेयर जम्मा ३६ करोड ७७ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्