
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक मिङमार लामासहितको टोली बाढीबाट अतिप्रभावित सरावल गाउँपालिका–७ भूजहवामा पुगेर शिविर सञ्चालन गरेका हुन् ।
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन नदिन तत्काल शिविर सञ्चालन गरिएको हो । बाढीबाट नवलपरासीको कावासोती र मध्यविन्दु नगरपालिकासहित, सरावल, प्रतापपुर, सुस्ता र पाल्हीनन्दन गाउँपालिका प्रभावित छन् ।
शिविर प्रहरी र सेनाले छुट्टाछुट्टै स्थानमा सञ्चालन गरिरहेका छन् ।
शिविरमा ज्वरो, जिउ चिलाउने, झाडापखाला, हाडजोर्नीलगायतका बिरामी बढी देखिएको चिकित्सकले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्