काठमाडौं, माघ ७ । ललितपुर महानगरपालिकाको बुङमतिमा बहुउद्देश्यीय आकस्मिक उद्धार भवन बन्ने भएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, संयुक्त राष्ट्रसंघका नेपाल प्रतिनिघि भेलियर जुलियन्ड तथा आइओएमका नेपाल प्रमुख पल नर्टनले सोमबार संयुक्तरुपमा सो भवनको शिलान्यास गरे ।
‘जनताबाट जनताका लागि’ कार्यक्रमअन्तर्गत् थाइल्यान्डका जनताले नेपालस्थित थाइ दूतावासमार्फत् भूकम्पप्रभावित नेपाली जनताको सहयोगस्वरुप यो भवन बन्न लागेको हो ।
विपद् परेको बेलामा सो भवन सुरक्षित आश्रयस्थलकारुपमा प्रयोग गर्ने तथा अन्य समयमा बहुउद्देश्यीय प्रयोजनका लागि यसको उपयोग गरिनेछ ।
आइओएम नेपालले प्राविधिक सहयोग गरेको सो भवन एक वर्षभित्र निर्माण सम्पन्न गर्ने ललितपुर महानगरपालिकाले जनाएको छ ।
यस्तो बहुउद्देश्यीय भवन नेपालका ८ ओटा जिल्लामा बनाइने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्