Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई हस्तान्तरण


0
Shares

रसुवा, माघ ७ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

सोमबार रसुवामा आयोजित कार्यक्रमकाबीच भूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।

जिल्लाका पाँच स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत तथा पुनःनिर्माण प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

सहमतिअनुसार प्राधिकरणले गाउँपालिकामा इन्जिनियर, सबइन्जिनियर, असिस्टेन्ट सबइन्जिनियर र डकर्मी आवश्यकताअनुसार खटाउनेछ ।

रसुवामा १२ हजार ४९० जना भूकम्पपीडित रहेका छन् ।