१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


जिसस कपिलवस्तुको प्रमुखमा कांग्रेसका खनाल निर्वाचित


0
Shares

शुक्रबार दिउँसो सम्पन्न निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रकोसमेत समर्थन पाएका खनालले १२ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार नेत्रराज गिरीले ७ मत पाए ।

जिससको उपप्रमुखमा कांग्रेसकै तारावतीकुमारी चौधरीले १२ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका सन्दीपकुमार पाण्डेले ७ मत पाए ।

महिला सदस्यमा कुन्ती पासिन, प्रमिला मल्ल, सठिया थरुनी दलित तथा अल्पसंख्यक सदस्यमा काजु ताडिवान निर्वाचित भएका छन् ।

सदस्यहरुमा तेजबहादुर सिंह रायमाझी, अनुपकुमार पाण्डेय, घनश्याम मौर्य, निर्वाचत भएका मुख्य निर्वाचन अधिकृत विश्वमंगल आत्रेयले जानकारी दिए ।

९ सदस्यीय जिल्ला समन्वय समितिमा १७ जनाको उम्मेदवारी परेको थियो ।

जिससमा कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र तथा राजपा नेपालले तालमेल गरेका थिए भने एमालेलाई संघीय समाजवादी फोरमले साथ दिएको थियो ।