
स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका नर्सिङ विभाग प्रमुख प्रा.गोमा निरौला श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।
संयोजक निरौलाले भनिन्, ‘हामीले विभिन्न चरणको बैठक बसिसकेका छौँ, यसैसाता नेपालमा स्वास्थ्य क्षेत्रमा काम गरिरहेका जिआइजेड, युएनएफपिएलगायतका संस्थासँग छलफल गर्दैछौँ, केही दिनमा राष्ट्रिय नीतिको मस्यौदा बनाएर मन्त्रालयमा बुझाउने योजना छ ।’
नेपालमा २०१३ सालदेखि नै नर्सिङ शिक्षा सुरु भएको ६१ वर्षे नर्सिङ इतिहासमा अहिलेसम्म कुनै लिखित कानून, ऐन नियम नभएको प्रा.निरौलाले बताइन् । नीतिमा नर्सिङ, मिडवाइफ्री र अनमीलगायत विषय समेटिने संयोजक श्रेष्ठले बताइन् ।
नेपाल नर्सिङ काउन्सिलमा हालसम्म ७२ हजार ६२८ नर्स र अनमी दर्ता भएका छन् । जसमा ४३ हजार ९२४ नर्स, २७ हजार ९२३ अनमी र ८३१ विदेशी नर्स रहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्