२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


१० वर्षदेखि सवारी ज्यान मुद्दामा फरार अपराधी पक्राउ


0
Shares

भक्तपुर जिल्ला अदालतबाट २०६४ साल माघ १७ गतेको फैसलाअनुसार ६ महिना कैद र रु दुई हजार जरिवाना सुनाइएका मेलम्ची नगरपालिका–१० शिखरपुरका ३४ वर्षीय रामबहादुर माझीलाई प्रहरीले  पक्राउ गरेको हो ।

पक्राउ पर्ने माझी मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

दोषी माझीलाई आइतबार अदालत बुझाइने बताइएको छ । रासस