ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा आज दिउँसो तीन बजे भारत र भाल्दिभ्स भिड्न लागेका हुन् ।
प्रतियोगिताअन्तर्गत नेपालले भने आफ्नो पहिलो खेलमा सोमबार माल्दिभ्सको सामना गर्ने छ ।
हिजोदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकालाई ४–० गोलले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बंगलादेशले विजयी शुरुवात गरेको छ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी दक्षिण एसियाका ६ राष्ट्रका १५ बर्ष मुनिको फुटबल टोली सहभागी छन् ।
दुई समूहमा विभाजन गरि भइरहेको प्रतियोगिताका शीर्ष दुई टोली टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।





प्रतिक्रिया दिनुहोस्