२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


‘माफियामुखी संस्करण’को रुपमा विधेयक अघि नबढाउन डा.केसीको चेतावनी


0
Shares

शनिबार (आज) डा.केसीले विज्ञप्तिमार्फत जालझेलपूर्वक अहिलेकै अवस्थामा ‘माफियामुखी संस्करण’को रुपमा विधेयक पारित गर्ने प्रयास गरे सत्याग्रहसहित विरोधका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका हुन् ।

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि गरिएको एघारौँपटकको आमरण अनशन २३ औं दिनमा स्थगित गरेका डा.केसी हाल स्वास्थ्य लाभ लिइरहेका छन् ।

२३ दिन लामो अनशनपछि शिक्षण अस्पतालमा उपचाररत डा.केसीले निकालेको विज्ञप्तिमा संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले पारित गरेको विधेयकलाई ‘माफियामुखी संस्करण’ को संज्ञा पनि दिएका छन् ।

माथेमा प्रतिवेदनका साथै आफ्ना सुझावहरु नसमेटिएसम्म ऐन कुनै हालतमा स्वीकार्न नसकिने पनि उनले प्रष्ट पारका छन् ।

राजनीतिक दल र नेताहरुले माथेमा प्रतिवेदन र आफूहरुको सुझाव नसमेटी विधेयक पारित नगर्ने बाचा गरेको भन्दै डा. केसीले अहिलेको अवस्थामा कुनै हालतमा विधेयक अघि नबढाउने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका छन् ।