Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


ताप्लेजुङका ६१ मध्ये ५९ वडा सडक सञ्जालमा जोडिए


0
Shares

ताप्लेजुङ । ताप्लेजुङका ५९ वडा सडक सञ्जालसँग जोडिएका छन् । जिल्लाका ९ वटा स्थानीय तहका ६१ वडामध्ये अब दुई वटा वडामा मात्रै सडक पुग्न बाँकी छ ।

स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि आएपछि सडक निर्माणलाई प्राथमिकतामा राखिएसँगै  अधिकांश वडामा सडक पुगेको हो ।

सिरिजंघा गाउँपालिका–६ मामांखे र मिक्वाखोला गाउँपालिका–५ पापुङ बाहेकका सबै क्षेत्र सडक सञ्जाल पुगेको छ ।

मामांखेमा यसै आर्थिक वर्षभित्रै सडक पुर्‍याउने गरी काम भइरहेको छ भने चीनसँग सिमा जोडिएको पापुङमा भने भौगोलिक विकटताका कारण केही समय लाग्ने देखिएको छ ।

गाउँगाउँमा सडक पुगे पनि सबै ठाउँमा सवारीसाधन चल्दैनन् । कतिपय क्षेत्रमा पुल नबनेको र केही ठाउँमा ट्रयाक मात्रै खोलिएकाले सवारी साधन चल्न नसकेका हुन् । 

साविकका गाविसहरु ओलाङचुङगोला, खेवाङ, सुरुम्खिम, मेहेले लगायतमा स्थानीयले समेत लगानी गरेर सडक बनाइएपछि पुल अभावलगायतका कारण सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।