
तीन दिन अघि फाट्टफुट्ट देखा परेको झाडापखाला अहिले सिंगो बस्तीमा नै फैलिएकोे छ । बर्षाका कारण आएको बाढीले पानीको श्रोत दुषित बनाउँदा महामारी फैलिएको स्थानीयहरुले बताएका छन् ।
सुरुमा टाउको दुख्ने, बान्ता हुने र पखाला लाग्ने समस्याबाट ग्रसित सर्वसाधारणमा हाल पेट दुख्ने समस्या पनि थपिएको छ । नगरपालिकाको सतभरा र गघौंडी गाउँमा फैलिएको प्रकोपका कारण हालसम्म १२० जना भन्दा बढी प्रभावित भएका छन् ।
झाडापखालाको प्रकोपबाट महाराजगंज नगरपालिका वडा नं. ७ सत्भरा गाउका चैतराम रैदासका ८ वर्षका छोरा तारेस रैदास, सञ्जु यादवकी ६ बर्षिया छोरी रिन्का यादव र गघौंडी गाउँका जमुना चमारकी श्रीमती बर्ष ३५ की शान्तिदेवी चमारको मृत्यु भएको कुशहवा स्वास्थ्य चौकी इन्चार्ज बसन्त कुमार मण्डलंले बताए ।
अन्य थप बिरामीलाई शिवराज अस्पतालमा भर्ना गरेर उपचार ब्यबस्था मिलाइएको समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस्