Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


किसान बैंकको स्थापना गर्ने कार्यविधि पुरा भईसकेको छ: चक्रपाणी खनाल


0
Shares

काठमाडौं । कृषी, तथा पशुपक्षिं मन्त्री चक्रपाणी खनालले किसानको सहजताको लागी किसान बैंकको स्थापना गर्ने तयारी सरकारले गरिरहेको बताएका छन् ।

राष्ट्रिय किसान आयोगको स्थापना दिवसको अवसमार आईतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री खनालले उक्त जानकारी दिएका हुन् ।

किसानलाई व्यवसायिकता तिर प्रवद्र्धन गर्नको लागी सरकारले किसानले मात्र पाउन सक्ने विशेष ऋण प्रवाह गर्ने तयारी गरिरहेको पनि उनले बताए ।

बैंकबाट किसानले कम लागतमा ऋण पाउन सक्ने व्यवस्था गर्न लागेको उहाँको भनाइ छ ।

यस्तै कृषी तर्फ युवाहरुको आर्कषणमा वृद्धि गर्नको लागी योगदानमा आधारित पेन्सनको व्यवस्था, उत्पादन लागत घटाउनको लागी ब्याज अनुदानको व्यवस्था गर्न लागेको उनले जानकारी गराए ।

किसानहरुको वस्तुको मुल्य सहि रुपमा प्रदान गर्नको लागी मुल्य निर्धारण गर्ने कार्यविधि पनि तयार भईसकेको र त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याईने पनि उनले बताए ।

यस्तै पुर्वमन्त्री हरिबोल गजुरेलले कृषीमा परिवर्तन ल्याउनका लागि सरकारले ठोस योजना ल्याउन ढिला गर्न नहुने बताए ।