Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


सिएमसिको ठेक्का तोड्ने सरकारको तयारी


0
Shares

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको मूख्य ठेकेदार कम्पनी सिएमसी दि रिभेन्नासँग ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाएको छ ।

आयोजनाले दिएको समयमा सिएमसीले काममा फर्कने वा नफर्कने भन्नै कुनै जवाफ नपठाएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको हो ।

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले इटालियन कम्पनीलाई १४ दिने सूचना जारी गरेको भन्दै यस अवधि भित्र कम्पनी काममा फर्कने वा औपचारीक रुपमा सम्पर्कमा नआए ठेक्का तोडिने जानकारी दिएका हुन् ।

क्रिसमस र नयाँ बर्ष मनाएर काममा फर्किने भन्दै सिएमसीका प्रतिनिधीहरु इटाली गएका थिए ।

तर उनिहरु विभिन्न बहानाबाजी गर्ने, अड्को मात्र थाप्ने र माग माथी माग थोपर्दै जाने गर्दै आएका थिए ।

पछिल्लो समय कम्पनी सम्पर्कमा समेत नआएपछि सरकार ठेक्का तोड्ने तयारीमा पुगेको हो । मेलम्ची खानेपानी आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ ।

टनेल ढलान र फिनिसिङको काम मात्र बाँकी हुँदा ठेकेदार भागेपछि आयोजना अन्योलमा परेको छ ।

तर खानेपानी मन्त्रीले भने नयाँ ठेकेदार लगाएर भएपनि चाँडैनै आयोजना सक्ने दाबी गर्दै आएकी छिन् ।