Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


साताको पहिलो दिन पनि शेयर बजारमा गिरावट


0
Shares

काठमाडौं । साताको पहिलो दिन पनि शेयर बजारमा गिरावट आयो । उतारचढाव बिच शेयर बजार ८ अंकले ओरालो लागेर ११ सय ७९ अंकमा आएर थामियोे ।

यसदिन होटल, व्यापार र वित्त समुह सामान्य अंकले सकरात्मक रहेबाहेक अरु सबै समुह ओरालो लागे ।

यसदिन जीवन बीमा र निर्जिवन बिमा दुबै समुह सबै भन्दा उच्च ३७ अंकले झरे । जलविद्युत समूह पनि ३६ अंकले ओरालो लाग्यो ।

विकास बैंक र लघुवित्त समूह पनि दोहोरो अंकले ओर्लिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४३ कम्पनीको ११ लाख ५३ हजार कित्ता शेयर जम्मा ३६ करोड ४५ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।