मंगलबार भएको समूह ‘ए’को अन्तिम खेलमा भुटानलाई ३–० ले पराजित गर्दै बंगलादेश समूह विजेता बनेको हो । यो समूहबाट श्रीलंका बाहिरिएको छ ।
त्यस्तै, समूह ‘बी’को विजेता र उपविजेताको छिनोफानो बुधबार हुँदैछ । बुधबार नेपाल र भारत भिड्दैछन् ।
यसअघिका खेलमा दुवै टिमले माल्दिभ्सलाई हराउँदै सेमिफाइनल यात्रा तय गरिसकेका छन् ।
नेपालले माल्दिभ्सलाई ६–० ले हराउँदा भारतले माल्दिभ्सलाई ९–० को विशाल अन्तरले पराजित गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्