
जिल्ला निर्वाचन कार्यालय रुकुमकाअनुसार पछिल्लो समय जिल्लामा १० हजार १०१ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
जसमा ५ हजार १२७ महिला र ४ हजार ९७४ पुरुष छन् । यस्तै, ९७ जनाले त्रुटि सच्याएका छन् भने २२७ जनाले ठाउँसारी गरेका छन् ।
२१९ जनाले जिल्लाबाहिर र ८ जनाले जिल्लाभित्रै ठाउँसारी गराएका हुन् । योसँगै अब रुकुममा १ लाख १२ हजार ३४ मतदाता पुगेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्