२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


निरन्तरको वर्षाले चितवनको हवाई सेवा अवरुद्ध


0
Shares

चितवन, असार १८ । चितवनमा हिजो साँझदेखि परेको अविरल वर्षाका कारण यहाँको हवाई सेवा प्रभावित बनेको छ ।

आज (सोमबार) विहान ९ बजेदेखि हवाई उडान हुनुपर्ने भए पनि दिउँसो १२ बजेसम्म हुन सकेको छैन । खराब मौसमका कारण अहिलेसम्म कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण भरतपुरकी वरिष्ठ अधिकृत शर्मिला केसीले जानकारी दिइन् ।

आज भरतपुरबाट काठमाडौं र पोखरा गरी बुद्ध एयरको ७ वटा, यति एयरलाइन्सको २ वटा र सिम्रिक एयर लायन्सको एउटा उडान हुनुपर्ने थियो । तर लगातारको वर्षाले कुनै उडान नसकेको हो ।

देशकै मध्य भागमा रहेको भरतपुर विमानस्थल निकै व्यस्त विमानस्थलमध्येमा पर्दछ ।