राज्यमन्त्री थपिएपछि गाडीको जोहो गर्न धौ धौ « Imagekhabar – Online News Portal of Nepal


राज्यमन्त्री थपिएपछि गाडीको जोहो गर्न धौ धौ


0
Shares

साना मन्त्रालयमा राज्यमन्त्री बस्ने ठाउँ नभएपछि सहसचिवको कार्यकक्षलाई राज्यमन्त्रीको कार्यकक्ष बनाइँदा सहसचिवहरु उपसचिव तथा अधिकृतका कोठामा बस्न बाध्य छन् ।

मंगलबार शपथ ग्रहणपछि मन्त्रालय पुगेका राज्यमन्त्रीहरुलाई गाडीको जोहो कसरी गर्ने भन्नेमै सचिव–सहसचिवहरुको दौडधुप देखिन्थ्यो । बस्ने ठाउँ अभाव त छँदैछ ।

राज्यमन्त्री थपिएपछि राज्यमन्त्रीका लागि गाडीको माग गर्दै दैनिक गृह मन्त्रालयमा दर्जनौं फोन आउने गरेको छ । गृह मन्त्रालयअन्तर्गतको सवारी शाखाका उपसचिव सुरेन्द्र पौडेलले राज्यमन्त्रीका लागि गाडीको जोहो गर्न माग गर्दै कयौं फोन आउने गरेको बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट