९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


आक्रमणको सूचनालगत्तै अल्लाह–लसको सांगीतिक कार्यक्रम स्थगित


0
Shares

स्पेनिस प्रहरीको सूचनाका आधारमा नेदरल्यान्ड्सको प्रहरीले अन्तिम समयमा सांगीतिक कार्यक्रम स्थगित गर्न लगाएको हो । अल्लाहको नामको दुरुपयोग गरेको भन्दै धम्की आउने गरेको सांगीतिक समूह अल्लाह–लसले जनाएको छ ।
स्पेनिस प्रहरीले सूचना दिएको केही घण्टापछि नेदरल्यान्ड्सको प्रहरीले ग्यासका सिलिन्डर बोकेको एउटा भ्यानलाई कार्यक्रमस्थल नजिकबाट रोकेको थियो ।

स्पेनमा दर्ता गराइएको सो भ्यानका चालकसँग सोधपुछ भइरहेको प्रहरी अधिकारीहरुले जनाएका छन् । रोटाडामका मेयर अहमद अबुतालेबले भने आतंकवादी हमला गराउने योजनासँग उनको सम्बन्ध रहे वा नरहेकोबारे अहिल्यै केही भन्न नसकिने बताएका छन् ।

भ्यानका चालकलाई सोधपुछका लागि लगिएपछि बम निष्क्रिय पार्ने टोलीले भ्यानको निरीक्षण गरेको बताइएको छ । (एजेन्सी)