Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


श्रीमतीको हत्या गरी आत्महत्या


0
Shares

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।

३५ वर्षिय प्रेमलालले आज बिहान ३२ वर्षिया रमाकोे टाउकोमा दुई पटक बञ्चरो प्रहार गरेपछि घरको बार्दलीमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

घरको बार्दलीमा पासो लगाई छट्पटाई रहेको देखेपछि छिमेकीले पासो काटेर उपचारका लागि अस्पताल पुर्‍याए पनि अस्पतालले प्रेमलाललाई मृत घोषणा गरेको थियो । उनीहरुका दुई छोरा छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।