३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


चीनमा आँधीबाट १२ जनाको मृत्यु


0
Shares

आँधीको चपेटामा परेर सयौं मानिस घाइते भएका छन् । ग्याङ्डुङ प्रान्तको जुखाई शहर आँधीबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

आँधीसँगै भारी वर्षाका कारण धेरै मानिसको मृत्यु भएको बताइएको छ । आँधीले भौतिक सम्पत्तिमासमेत ठूलो क्षति पुर्‍याएको छ । आँधी प्रभावित २७ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आँधीका कारण शहरमा विद्युत् आपूर्ति बन्दै भएको छ । अधिकारीहरुले बाढीपहिरो लगायत प्रकोप आउन सक्ने भन्दै सजग रहन निर्देशन दिएका छन् ।