२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


मौसमी रुघाखोकीबाट एक नाबालककोे मृत्यु


0
Shares

पोखरा–लेखनाथ महानगरपालिका–१७ छोरेपाटनस्थित शीतल चौतारीका ११ महिनाका नाबालकको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले जानकारी दिए ।

उनलाई पोखराको ओम अस्पतालमा उपचारका लागि ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं लगिएको थियो । एकमहिनाअघि सो रोगबाट तीनजनाको मृत्यु भइसकेको छ ।

साउन २० यता १९३ जनामा मौसमी रुघाखोकीको लक्षण देखापरेको बरालको भनाइ छ । मौसमी रुघाखोकीको परीक्षण गराउने पश्चिमाञ्चलको एकमात्र क्षेत्रीय स्वास्थ्य प्रयोगशालामा गत ६ महिनादेखि हालसम्म ३१५ जनाको परीक्षण गराउँदा २८२ जनामा पोजिटिभ देखिएको थियो । रासस