Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


लमजुङमा भोटेओडार महोत्सवको तयारी


0
Shares

लमजुङ, माघ ६ । लमजुङको भोटेओडार बजारमा यही माघ १८ गतेदेखि प्रथम भोटेओडार महोत्सव हुने भएको छ ।

माघ २७ सम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सव मूल समारोह समितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार ईकाइका अध्यक्ष सुरजकुमार श्रेष्ठले महोत्सवबाट आएको मुनाफाबाट भोटेओडारभित्रको संवदेनशील क्षेत्रमा सीसी क्यामेरा जडान, तार्कुकोटमा पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माणका साथै भक्ति नमूना माविका विशेष कक्षामा पढ्ने विद्यार्थीलाई सहयोग गरिने बताए ।

लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार ईकाई, भोटेओडार युथ सोसाईटी र बुद्ध युवा क्लवको आयोजनामा महोत्सव गर्न लागिएको हो । औद्योगिक तथा व्यापारिक प्रदर्शनी, लोक दोहोरी गीत प्रतियोगिता, विज्ञान प्रदर्शनी, प्याराग्लाईडिङ उडानलगायतका कार्यक्रम महोत्सवका आकर्षण रहने बताइएको छ ।

महोत्सवमा १६० स्टल रहनेछन् भने करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेका छन् ।

 

Skip This