Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


‘एक घर एक धारा’ निर्माण अन्तिम चरणमा


0
Shares

मनिता कोइराला

रसुवा, माघ ६ । रसुवाको उत्तरगया गाउँपालिकाको डाँडागाउँमा ‘एक घर एक धारा’ निर्माण अभियान अन्तिम चरणमा पुगेको छ । योसँगै भूकम्पका कारण ठाउँठाउँका खानेपानीका मुहान सुकेपछि स्वच्छ खानेपानीको अभाव झेल्दै आएका करिब ५ सय घरधुरीले राहतको अनुभूति गरेका छन् ।

भूकम्पपछि पानीको मुहान सुक्दै जाँदा स्वच्छ पानी पिउनबाट बञ्चित बनेका डाँडागाँउका ४ सयभन्दा बढी घरपरिवारलाई लक्षित गरी निर्माणाधीन एक घर एक धारा निर्माणको कामले अब केही समयमै पूर्णता पाउँदै छ । यसबाट वडा नम्बर २ का स्थानीय ४७४ घरधुरी लाभान्वित हुने भएका छन् । झण्डै चौध किलोमिटर टाढाको हाङहाङ बङ्से खोलाबाट ल्याउन लागिएको पानी ७५ एमएमको ४८ किलोमिटर पाइप बिच्छाइ सबैको घरमा चैत मसान्तसम्ममा धारा जडान सकिने निर्माण समितिले जनाएको छ ।

भूकम्पपश्चात् खानेपानीका लागि निकै दुःख झेलिरहको यहाँका स्थानीयहरु ‘एक घर एक धारा’ले पूर्णता पाएपछि पानी बोकेर खानुपर्ने बाध्यता हट्ने विश्वासमा छन् ।

मिटर प्रणालीमा धारासहितको खानेपानी वितरणले यस क्षेत्रमा स्वच्छ खानेपानी उपभोग गर्न पाउने धेरैले विश्वास गरेका छन् । पिछडिएका, कुपोषण र संकटापन्न समुदाय तथा छुटमा परेका भूकम्प पीडितहरुलाई लक्षित गरी आयोजना निर्माण गरिनु प्रसंशनीय भएको उत्तरगया गाउँपलिकाका अध्यक्ष उपेन्द्र लम्साल बताउँछन् ।

तीन करोड ५६ लाखको लागतमा निर्माण गरिएको खानेपानी योजनाका लागि डिएफआईडी र एसिएफको आर्थिक तथा पा्रविधिक सहयोग र ल्याकोसको समन्वयमा आयोजना निर्माण गरिएको हो । सन् २०३० सम्म जनतालाई खानेपानी र सरसफाइ सुनिश्चित बनाउने सरकारको लक्ष्यलाई यस्ता कदमले सार्थकता पार्न सहयोग गर्ने विश्वास लिइएको छ ।

 

Skip This