
बिहीबार (आज) अस्पतालमा पत्रकार सम्मेलन गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले काठमाडौं उपत्यकामा पूर्वाधार र आवश्यक मापदण्ड पूरा नगरेको नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएर सरकारले वीएण्डसी माथि अन्याय गरेको आरोप लगाए ।
वि.सं.२०६८ माघ २४ मा शिक्षा मन्त्रालयले एमबिबिएस कार्यक्रम सन्चालनका लागि मनसाय पत्र दिएपछि वीएण्डसीले पूर्वाधार निर्माण थालेको थियोे ।
स्वास्थ्य मन्त्रालयबाट ३०० श्यैैयाको अस्पताल सन्चालनको अनुमति पाएको बीएण्डसीले १०० को हारहारीमा विशेषज्ञ चिकित्सक रहेको दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्