मनिष गुप्ता
कपिलवस्तु, माघ ६ । नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रमा स्थानीय तहले समयमा महशुल नबुझाउँदा लाखौं रुपैयाँ विद्युत महशुल बक्यौता रहेको वितरण केन्द्रले जनाएको छ ।
वितरण केन्द्र मतहतका ५ वटा स्थानीय तहमा गरी १७ लाख ३९ हजार रुपैयाँभन्दा बढी महशुल बक्यौता रहेको वितरण केन्द्रका प्रमुख लक्ष्मीकेशर अगञ्जाले जनाए । शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, बुद्धभुमी नगरपालिका, महाराजगंज नगरपालिका र विजयनगर गाउँपालिका अन्तर्गत रहेका विभिन्न कार्यालयले समयमा महशुल नबुझाएको प्राधिकरणको भनाइ छ ।
विजयनगर गाउँपालिकामा रहेका विभिन्न कार्यालयहरुको कुल ८ लाख २ हजार १ सय ५८ रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ । जसमध्ये साविक गणेशपुर गाविसको ६ हजार २ सय ६८, खुरुहुरिया गाविसको ४८ हजार ५ सय ६९, स्वास्थ्य चौकी पत्थदेइयाको २१ हजार २ सय ५७ र पशु सेवा केन्द्र गणेशपुरको ७ लाख २६ हजार ६४ रकम बक्यौता रहेको विद्युत वितरण केन्द्र कृष्णनगरले जनाएको छ ।
वितरण केन्द्र रहेकै नगरपालिका कृष्णनगर नगरपालिका भने महशुल नतिर्नेको सूचिमा दोस्रो नम्वरमा परेको छ । हाल नगरको मातहतमा रहेको साविक कृष्णनगर गाविसको ९६ हजार ४ सय ५३, भिल्मी गाविस २९ हजार ६सय ४१, पुरुषोत्तमपुर गाविस ४ हजार १ सय ७६, विद्यानगर गाविस ३७ हजार ९ सय ६५, अजिगरा गाविस १ हजार १ सय ५५, सिर्सिहवा गाविस २ लाख ६३ हजार ९ सय ८२ , स्वास्थ्य चौकी पुरुषोत्तमपुर ५ हजार ५ सय ५४ ,कुशहवा स्वास्थ्य चौकी २४ हजार ८ सय ४९ ,जिल्ला उपस्वास्थ्य चौकी वहादुरगज ७७ हजार ४ सय ८६ गरी कुल जम्मा ५ लाख ४१ हजार २ सय ६३ रकम नगरपालिकाले बुझाएको छैन ।
बुद्धभूमि नगरपालिका मातहत रहेका संस्थाबाट १ लाख ९६ हजार ५ सय २ रुपैया बक्यौता रहेको छ । जसमा साविक बुडडी गाविसको ३४ हजार २ सय ५१, बरकलपुर गाविसको २ हजार ४ सय ९२ धनकौली गाविसको ३६ हजार ८ सय ७३, वुद्धभुमी नगरपालिकाको कार्यालयको ३४ हजार १ सय ९५, राजपुर हेल्थ पोष्टको १ हजार ६ सय १२, दुविया उपस्वास्थ्य चौकीको २ हजार ३ सय ८२, महुवा स्वास्थ्य चौकीको ६ हजार ८ सय ९०,कृषि सेवा केन्द्रको ४९ हजार ८ सय ३५, कृषि तथा पशु सेवा केन्द्र हनुमानचोक २७ हजार ९ सय ६८ रकम बक्यौता रहेको छ ।
महाराजगंज नगरपालिकाको पनि १ लाख ५९ हजार ७ सय ९६ रकम बाँकी बक्यौता रहेको छ । जसमा साविक महाराजगंज गाविसको ५९ हजार ५ सय ८७, कुशहवा गाविसको ४८ हजार ८ सय ३०, कजरहवा गाविसको ८ हजार ८ सय, हरदैना स्वास्थ्य चौकीको ३९ हजार १ सय ५२, बुटहनिया उपस्वास्थ्य चौकी ३ हजार ४ सय ३६ रकम महशुल बाँकी रहेको छ ।
शिवराज नगरपालिकाको भने अन्य स्थानीय तहभन्दा बक्यौता रकम कम रहेको छ । शिवराज नगरपालिका अन्तर्गत साविक गाविस जवाभारीको १२ हजार ६ सय ३२ र उपस्वास्थ्य चौकी गौराभारीमा २७ हजार २ सय १५ गरी जम्मा ३९ हजार ८ सय ४८ बक्यौता केन्द्रले जनाएको छ ।
अन्य नीजि संघ संस्था, कार्यालयले नियमित महशुल बुझाएको भए पनि स्थानीय तहले भने बाँकी रकम बुझाउन अटेरी गरेको नेपाल विद्युत प्रविधिकरण कृष्णनगर वितरण केन्द्रले जनाएको छ ।
बक्यौता रकम बुझाउन स्थानीय तह अन्तर्गतका कार्यालयहरुमा माघ २ गते पत्राचार गरिसकेको कार्यालय प्रमुखले बताए । ‘माघ १५ गते भित्र महशुल नबुझाए नियम अनुसार विद्युत लाइन काटने छौं, हामीले पत्रमा पनि उल्लेख गरेका छौं,’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्