२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


होटल संचालकलाई ग्राहकको हत्या गरेको अभियोग, अभियुक्त फरार


0
Shares

वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको मामा–भाञ्जा होटलका सञ्चालक देवीप्रसाद ढकालले कालीकोट तिलागुफा नगरपालिका–११ का रतन शाहीको हत्या गरेको अभियोग छ ।

सोही होटलमै बसेर अध्ययन गर्दै आएका ३२ वर्षीय शाहीको बञ्चराले हानी हत्या गरेर अभियुक्त ढकाल फरार भएकामा प्रहरीले वीरेन्द्रनगरकै गणेश चोकबाट पक्राउ गरेको छ ।

अत्याधिक मादक पदार्थ सेवन गरेका ढकालले शाहीको किन हत्या गरे भन्नेबारे केही नखुलेको जिप्रका सुर्खेतका प्रहरी उपरीक्षक मोहन आचार्यले जानकारी दिए ।

यस घटनासँगै यहाँ पछिल्लो दुई हप्तामा तीन जनाको हत्या भएको छ ।