
मौसममा आएको परिवर्तनसँगै जिल्ला अस्पतालमा मात्रै दैनिक १ सय ५० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् ।
जिल्लाका बसन्तपुर र संक्रान्तिबजारमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र साथै सिम्ले, जलजले, फुलेक, सोल्मा, शुक्रबारे, फाक्चामारा, ओख्रे र जिरिखिम्तीलगायत गाउँका स्वास्थ्य चौकीमा समेत भाइरल ज्वरोका बिरामीको संख्या उच्च रहेको जिल्ला स्वास्थ्य प्रमुख डा. मुक्तिनारायण शाहले जानकारी दिए ।
१५ शैयाको अस्पतालमा अहिले २५ जनासम्म बिरामी भर्ना भएका छन् । सुरुमा रुघाखोकी लाग्ने, घाँटी दुख्ने, पेट दुख्ने, खान मन नलाग्ने, वान्ता हुने, नाकबाट सिंगान बगिरहने र अन्त्यमा ज्वरो आउने लक्षण बिरामीमा देखिने गरेको छ ।
जिल्ला अस्पतालको स्टोरमा नै औषधि अभाव रहेकाले गाउँमा पठाउन समस्या भएको डा. शाहले बताए । भएको औषधिसमेत कतिपय गाउँसँग सडक सम्पर्क टुटेकाले पठाउन नसकिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्