१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


डान्सबारमा कुटपिटकान्डका दुईजना समातिए


0
Shares

काठमाडौं, माघ ५ । काठमाडौंको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

ललितपुर, सातदोबाटो घर भएका ४३ वर्षीय दिल गुरुङ र सुनाकोठी बस्ने ३२ वर्षीय निराजन महर्जनलाई प्रहरीले काठमाडौं महानगरपालिका–१६, ठमेलबाट पक्राउ गरेको हो ।

ठमेलस्थित चाहाना डान्सबारभित्र उनीहरुले तारकेश्वर नगरपालिका–६, गोलढुंगा बस्ने ३५ वर्षीय मोहन पुरुवाल र काठमाडौं, मनमैजु बस्ने सिन्धुपाल्चोकका २८ वर्षीय रामकृष्ण भण्डारीलाई कुटपिट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कुटपिटबाट घाइते भएका उनीहरुको मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा उपचार भइरहेको र घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । रासस