१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


पत्रकार ढकालका हत्या आरोपी पक्राउ


0
Shares

हेटौंडा, माघ ५ । पत्रकार मनोहर ढकालको हत्या आरोपमा पक्राउ गरी प्रहरीले शनिबार दुईजनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा–११, नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन् ।

आरोपीद्वयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुंगा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।

त्यस्तै, दिनेश मोबाइल एन्ड इलेक्टोनिक्स सेन्टरका दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

आरोपीसँग विनाबिल मोबाइल तथा सुनको औंठी किनेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

लुटपाटका कारण हत्या गरेको भनिएपनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस