
मानबहादुर वली (इमेज)
सुर्खेत, माघ ५ । सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिका वडा नम्बर–९ मा एक जोडीको झुन्डिएको अवस्थामा शव भेटिएको छ ।
पञ्चपुरी–९ का २१ वर्षीय हस्त दमाइँ र सोही ठाउँकी १९ वर्षीया धनसरी दमाइँको शव झुन्डिएको अवस्थामा शनिबार फेलापरेको हो ।
बस्तीनजिकैको जंगलमा रुखमा उनीहरु झुन्डिएका थिए ।
इलाका प्रहरी कार्यालय बाबियाचौरले एक/दुई दिनअगाडि नै आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ ।
शव सड्न लागेको अवस्थामा भेटिएको बताइएको छ ।
शनिबार बिहान ११ बजेतिर उनीहरु हराएकोबारे आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरी, परिवार र स्थानीयले खोजी गर्नेक्रममा झुन्डिएको अवस्थामा मृत भेटिएको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्