१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


१९औं इमेज अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक (सूचीसहित)


0
Shares

नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतमै समर्पित संगीतकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिको लागि गीत–संगीत र साधकहरुलाई उत्साहित बनाउन र संगीत उद्योेगको व्यावसायीकरणमा टेवा पुर्‍याउन हरेक वर्ष अवार्ड कार्यक्रम गरिँदै आएको इमेज च्यानलले जनाएको छ ।

यसका साथै विगतका वर्षहरुमा झैं यस वर्ष पनि गीत, संगीत, रचना, संगीतसंयोजनलगायत म्यूजिक भिडियो र पब्लिक च्वाइस अवार्ड समूह गरी २३ विधाका उत्कृष्ट ५–५ मनोनयन सार्वजनिक गरिएको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी वि.सं. २०७३ असार १ गतेदेखि २०७४ साल जेठ मसान्तसम्म सार्वजनिक भइ दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिंगल ट्रयाकलाई मनोनयनमा समावेश गरिएको जानकारी गराइएको छ ।

२२ विधाका मनोनयनहरुलाई नेपाली सांगीतिक क्षेत्रका विज्ञहरुबाट मूल्यांकन गरिएको र सोही ५ मध्येबाट उत्कृष्ट चयनको लागि प्राविधिक मत संगीत क्षेत्रका विज्ञहरुबाट नै लिइने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

विगतमा झैं यसपटक पनि एक विधामा ‘पब्लिक च्वाइस अवार्ड’का लागि एसएमएस भोटिङ खुला गरिएको छ जनाइएको छ । यस विधामा जसले सबैभन्दा बढी भोट प्राप्त गर्छ, सोही गीतलाई विजेता घोषित गरिनेछ ।

यस्तै, यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड वरिष्ठ संगीतकार दीपक जंगमलाई प्रदान गरिने बताइएको छ ।

मनोनयन सार्वजनिक कार्यक्रममा इमेज च्यानल प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक आरके मानन्धरले अवार्डका लागि सहयोग गर्ने प्रायोजक टुबोर्ग, निर्णायकमन्डल तथा अरु सम्पूर्ण सम्बन्धित सहयोगीहरुलाई धन्यवाद दिए ।

१९औं इमेज अवार्ड असोज २७ गते शुक्रबारका दिन सोल्टी होटलमा आयोजना गरिने जानकारी पनि सो अवसरमा गराइयो ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस्