२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


गुन्डागर्दी नियन्त्रण पहिलो काम : एसपी सिंह


0
Shares

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै अपराध नियन्त्रण र रोकथामलाई पहिलो प्रथामिकतामा राखेको जनाएको हो ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले आफूहरुले अवैध लागुऔषध कारोबार रोकथाम नियन्त्रण गर्ने, गुन्डागर्दी नियन्त्रणमा शून्य सहनशीलता, चोरी–तस्करी, कालोबजारी तथा अवैध मदिरा नियन्त्रण, ट्राफिक व्यवस्थापन, फरार आपराधीको खोजी र कारबाही गर्ने योजना रहेको सुनाए ।

उनले भने–‘पहिलो प्राथमिकता गुन्डागर्दीलाई रोक्नु हो । ‘गुन्डागर्दी रोक्नका लागि विभिन्न चरणमा काम गर्नेछौं ।’

दुई साताआगाडि कास्कीमा सरुवा भएर आएका एसपी सिंहले नजिकै आउँदै गरेको चार्डपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजनासमेत बनाएको बताए ।

उनले आफू पोखरामा आएर काम थालेपछि पोखराका ११ स्थानबाट जुवातास खेल्ने ८२ जनालाई पक्राउ गरी २० लाख ४२ हजार रुपैयाँ नगद बरामद गरेको पनि बताए ।

सोही अवसरमा कास्कीको माछापुच्छे गाउँपालिका वडा नम्बर–७ मा चोरी गरी भागेका ६ जनालाई पक्राउपश्चात् सार्वजनिक गरिएको थियो ।

उनीहरुको साथबाट ३ तोला ५० लाल सुन, आइप्याड, आइफोन बरामद गरेको प्रहरीले जानकारी जनाएको छ ।