२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


खोटाङ जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप


0
Shares

मौसम परिवर्तन भएसँगै जिल्ला अस्पतालमा शरीर दुख्ने, अधिक ज्वरो आउने, खाना खान मन नलाग्ने, टाउको दुख्नेलगायतका लक्षण देखिने भाइरल ज्वरोका बिरामीको चाप बढेको हो ।

हप्ता दिनअघिदेखि चिसो मौसम सुरु भएसँगै दैनिक १५५ जनाको हाराहारीमा बिरामी उपचारका लागि अस्पताल आइरहेका जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए ।

उनले भने–‘उपचारमा आएका अधिकांश बिरामीलाई बेड भर्ना गरेर उपचार गर्नुपरिरहेको छ ।’

भर्ना भएका कतिपय बिरामी दुई/तीन दिनसम्म अस्पतालमा उपचारपछि घर फर्कने गरेका छन् । जटिल समस्या देखिएका बिरामीलाई भने अन्यत्र रेफर गर्ने गरिएको अस्पतालले जनाएको छ ।

अस्पताल आउने कतिपय बिरामीहरुमा टाइफाइडको समस्या देखिएको छ ।

भाइरलबाट बच्नका लागि पानी उमालेर प्रयोग गर्न, बालबालिका तथा वृद्धवृद्धालाई चिसोबाट जोगाउन, पिरो–अमिलो नखान, न्यानो कपडा लगाउन अस्पतालले सुझाव दिएको छ ।