
पालुङटार नगरपालिका–५ स्थित होटल विनीतामा सेवाग्राहीसँग घुस लिँदैगर्दा आइतबार दिउँसो साढे १ बजे देवकोटालाई रंगेहात पक्राउ गरिएको हो ।
भूकम्पको दोस्रो किस्ताको अनुदान सिफारिस गर्न देवकोटाले सेवाग्राहीसँग घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घुस दिने सेवाग्राहीकाबारेमा केही खुलाइएको छैन ।
देवकोटालाई घुससहित रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षक बद्रीप्रसाद पौडेलले पुष्टि गरे ।
प्रतिक्रिया दिनुहोस्