
वीर अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्र बस्नेतले मन्त्री पोखरेललाई टाइफाइड भएको र निमोनियाको पनि लक्षण देखिएको जानकारी दिए ।
‘उहाँलाई घाँटी दुख्ने, रुघाखोकी र छातीमासमेत समस्या देखिएको छ’–उनले भने–‘आत्तिहाल्नुपर्ने अवस्था नरहे पनि पूर्णरुपमा आरामको जरुरी छ, करिब तीन दिन अस्पतालमा नै उपचार गराउनुपर्छ, उपचार सुरु गरी औषधि सुरु भइसकेको छ ।’
वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. सुरेन्द्र श्रेष्ठ मन्त्री पोखरेलको उपचारमा संलग्न छन् ।
वर्षापछि आएको बाढीपछि राहत र उद्धारका लागि तराई पुगेका मन्त्री पोखरेल एक सातादेखि नै अस्वस्थ भएकाले चिकित्सकको निगरानीमा थिए ।
उनका प्रेस संयोजक सरोज ढुंगेलले चिकित्सकको निगरानी रही औषधि सेवन गरेपनि समस्या बढ्दै गएपछि आइतबार दिउँसो अस्पताल भर्ना गरिएको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्