१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


९५ ओटा राजनीतिक दल दर्ताको निवेदन


0
Shares

आयोगले तोकेको समयसीमा आइतबार साँझ ६ बजेसम्म ९५ ओटा राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माले आयोगमा दल दर्ताका लागि निवेदन दिएका दलले आयोगमा बुझाएका कागजातमाथि छानबिन गरी संविधान र कानुनअनुसार भएमा दल दर्ता गरिने जानकारी दिए ।

हरेक निर्वाचनमा भाग लिने राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सम्बन्धित कर्मचारीलाई भदौ २५ गतेभित्र दलको कागजात छानबिन पूरा गरी आयोगमा पेस गर्न निर्देशन दिएको आयोगले जनाएको छ ।

दर्ता भएका ९५ राजनीतिक दलमध्ये पाँचओटा राजनीतिक दलले एकल निर्वाचन चिह्न लिएर निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगले जनाएको छ ।

संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा हाल १२२ दल दर्ता रहेका छन् ।

यसअघि, स्थानीय तह निर्वाचनका लागि आयोगमा ८० राजनीतिक दलले दर्ता गराएकामा ६३ ओटा दललेमात्र भाग लिएका थिए ।

निर्वाचन आयोगमा वार्षिक खर्चको हिसाब बुझाउने दलको संख्या भने १०२ रहेको छ । रासस